प्रमुख समाचार

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु

इकागज | चैत १७, २०८०

काठमाडौँ- काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

र यो पनि

त्रिशूलीमा ट्याक्सी खस्यो : एक जनाको शव भेटियो, चार जना बेपत्ता

इकागज | चैत १७, २०८०

काठमाडौँ- मुग्लिन चितवन सडक खण्डको इच्छाकामना गाउँपालिकाको कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खसेको छ ...

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने

इकागज | चैत १६, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रि...

रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय, ५ सय बढी मोबाइल बरामद

इकागज | चैत १६, २०८०

रौतहट- एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रो दिन शुक्रबार रौतहटस्थित विभिन्न प...

प्रकाशशरण महतले अघि बढाएका राम्रा काम रोक्दिनँ : अर्थमन्त्री पुन

इकागज | चैत १६, २०८०

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रमम...

खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजियो : सभापति देउवा

इकागज | चैत १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन अवस्थामा पूर्वमहामन्त्री स्वर्गीय...