अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
चैत १७, २०८० शनिबार ७:२९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४  रुपैयाँ ३१ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७२ पैसा रहेको छ ।


Author

थप समाचार
x