समाज

अपडेट : त्रिशूलीमा ट्याक्सी खस्यो, पाँच जनाको मृत्यु

इकागज |
चैत १७, २०८० शनिबार ८:५८ बजे

काठमाडौँ- काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन ।

ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

र यो पनि


Author

थप समाचार
x