समाज

त्रिशूलीमा ट्याक्सी खस्यो : एक जनाको शव भेटियो, चार जना बेपत्ता

इकागज |
चैत १७, २०८० शनिबार ८:१२ बजे

काठमाडौँ- मुग्लिन चितवन सडक खण्डको इच्छाकामना गाउँपालिकाको कुरिनटारबाट ट्याक्सी त्रिशूली नदीमा खसेको छ । आज बिहान बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । उक्त ट्याक्सी काठमाडौँबाट गोरखा जाँदै थियो ।

ट्याक्सीमा पाँच जना सवार रहेकोमा एक जनाको शव भेटिएको छ भने चार जना बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


मृतकको परिचय भने खुल्न सकेको छैन ।


Author

थप समाचार
x