दल

देउवाले मनोनयन गरे आदिवासी जनजाति विभागमा १० सदस्य

इकागज |
चैत १७, २०८० शनिबार ६:५६ बजे

काठमाडौँ- नेपाली काँग्रेसले आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार कांग्रेसले आदिवासी जनजाति विभागमा १० जिल्लाका १० जना मनोनयन गरेको हो ।

सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनयन गरेका हुन् । 


मनोनयन भएका सदस्यहरू
- नगेन्द्रकुमार कुमाल, इलाम
- रेशमबहादुर गुरुङ, गोरखा
- आनन्दसन्तोषी राई, धनकुटा
- आङपासाङ शेर्पा, दोलखा, 
- चन्द्रकुमार आङ्दम्वे, पाँचथर
- सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
- थममाया छन्त्याल, बाग्लुङ
- रमेश जिमी, संखुवासभा
- धनबहादुर श्रेष्ठ, काठमाडौं
- कृष्ण घिसिङ, रामेछाप


Author

थप समाचार
x