क्रिकेट

बैंगलुरुमाथि कोलकाताको शानदार जित

इकागज |
चैत १७, २०८० शनिबार ७:१६ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।

गएराति भएको खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।


कोलकाताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।

त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

यो जितपछि कोलकाताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ ।


Author

थप समाचार
x