समाज

रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

इकागज |
चैत १३, २०८० मंगलबार १८:१२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

रामले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x