समाज

सेती नदीमा एक जना बेपत्ता

इकागज |
बैशाख १७, २०८१ सोमबार १७:२८ बजे

सांकेतिक तस्बिर

डोटी- सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए ।


कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए ।


Author

थप समाचार
x