प्रमुख समाचार

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

इकागज | चैत १३, २०८०

गलकोट (बागलुङ)- बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन  एकमहिने तालिम लिएका हुन् ।

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताइन् ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले बताइन्।

'आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ', अध्यक्ष थापाले भनिन्, 'बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।'

चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उनी बताउँछिन् । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् । 

बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

'बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो', नगरप्रमुख श्रेष्ठले भने, 'आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उहाँहरूलाई सक्रिय बनाउन  नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।' रासस

कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

इकागज | चैत १३, २०८०

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालि...

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

इकागज | चैत १२, २०८०

काठमाडौँ- निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्...

शिक्षा मन्त्रालयले भन्याे : सार्वजनिक विद्यालयमा शुल्क नलिनु, निजी विद्यालयमा मापदण्ड लागू गर्नू

इकागज | चैत १२, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायत...

सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको खोजीका लागि गोताखोर टोली परिचालन

इकागज | चैत १२, २०८०

काठमाडौँ- उदयपुरको उत्तरी सीमास्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यका&nbs...