Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

प्रमुख समाचार

बसको ठक्करबाट बालकको मृत्यु

इकागज | फागुन २२, २०८०

भरतपुर (चितवन)- चितवनको भरतपुरमा बसको ठक्करबाट  बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए । रासस

लैङ्गिक अल्पसङ्ख्यकको माग : वृद्धाश्रम निर्माणदेखि पाठ्य सामग्री परिवर्तन गर्नेसम्म

इकागज | फागुन २१, २०८०

काठमाडौँ- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्तविहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्...

एकीकृत समाजवादीले भन्यो : प्रधानमन्त्रीको कदमले मुलुकमा अन्योल देखियो

इकागज | फागुन २१, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीको कदमका विषयमा गुण र दोषका आधारमा आफ्ना नीति ...