समाज

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

इकागज |
चैत ५, २०८० सोमबार ९:२७ बजे

काठमाडौँ- मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार जेएच ०५ डि के २८३९ नम्बरको भारतीय ट्रक र ग १३ प ४१६३ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक १८ वर्षीय आकाश कुसुवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


वीरगञ्‍जका मृतक कुसुवा मुग्लिनको एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका छन् ।

प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ 


Author

थप समाचार
x