प्रमुख समाचार

बुढाथोकीको निधनपछि रोकियो 'समुदायमा कांग्रेस' अभियान

इकागज | माघ २३, २०८०

झापा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि 'समुदायमा कांग्रेस' अभियान कार्यक्रम रोकिएको छ । झापा अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको गएराति उपचारकै क्रममा निधन भएपछि कार्यक्रम रोकिएको हो ।

माघ १३ गतेदेखि सुरू भएको ‘समुदायमा कांग्रेस’ अभियान माघ २६ गतेसम्म सञ्चालन हुने थियो । रोकिएका कार्यक्रम शोकपछि जहाँ रोकियो त्यहीँबाट सुरू हुने बताइएको छ ।

त्यस्तै महामन्त्री गगनकुमार थापाले सञ्चालन गरेको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको उनको सचिवालयले जनाएको छ । 

लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका बुढाथोकीको निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए । विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान १० बजे बी.पी स्मृति भवन ललितपुरमा कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्दै

इकागज | माघ २३, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता...

म फरार भएको छैन, स्वस्थ पत्रकारिता गर्नुस् : ज्ञानेन्द्र कार्की

इकागज | माघ २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आएजस्तै फ...

राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख घिमिरे

इकागज | माघ २२, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझ...