प्रमुख समाचार

कहाँ-कहाँ भइरहेको छ वर्षा, कहाँ छ हुने सम्भावना ?

इकागज | माघ २२, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अदालतबाट चार करोड जरिवाना ठहर गरिएका काभ्रेका मन्दिरा केसी नौ वर्षपछि पक्राउ

इकागज | माघ २१, २०८०

काठमाडौँ  - नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर गरेका एक जनालाई पक्राउ ...

काठमाडौँ–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

इकागज | माघ २१, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई द्रुत मार्ग निर्माण...

नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व गराउन आवश्यक पहल गर्छु : प्रधानमन्त्री

इकागज | माघ २१, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व गरा...

क्यान्सर न्यूनीकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्‍ने : स्वास्थ्य मन्त्री बस्‍नेत

इकागज | माघ २१, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरका...