प्रमुख समाचार

भरतपुरमा जिपको ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते

इकागज | माघ १४, २०८०

चितवन - भरतपुर महानगरपालिका–१६ शिबघाटमा बोलेरोको ठक्करबाट बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बोलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो । उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् । 

इञ्जिनियरिङको इतिहासमात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

इकागज | माघ १३, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्...

मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो छ : लिङ्देन

इकागज | माघ १३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक...

नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गराैँ : अर्थमन्त्री महत

इकागज | माघ १३, २०८०

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकि...

ढिलै भएपनि वायुसेवा निगमको ओरालो यात्रा अन्त्य भयो : पर्यटनमन्त्री किराती

इकागज | माघ १३, २०८०

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ढिलै भएपनि वायुसेवा निगम उकालोतर्फ ला...