प्रमुख समाचार

सभापति लामिछाने भारतमा, कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई

इकागज | माघ १३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन् । सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन् भने उनी १५ गते स्वदेश फर्कने छन् ।  

सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन् । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए ।

माघ १३ र १४ गते भारतका विभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

तातोपानी नाकाबाट पहिलोपटक तेस्रो मुलुकमा निर्यात (भिडियो)

निरोज चौलागाईं | माघ १३, २०८०

सिन्धुपाल्चोक- नेपाल-चीन उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । श...

अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाबारे छानबिन गर्न समिति गठन​

इकागज | माघ १२, २०८०

काठमाडौँ- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घ...