प्रमुख समाचार

अब सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई : मन्त्री ज्वाला

इकागज | माघ १०, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए ।

“केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ”, मन्त्री ज्वालाले भने, “अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, संघमा राखेर हुँदैन भन्ने निष्कार्ष निकालेका थियौँ ।”

यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उनले भने, “हाम्रा केही सीमा छन् । ती सीमालाई सम्मान गर्दै हामीले केही राम्रा कार्यहरु गरेका छौँ । रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेका छौँ । सवारी लाइसेन्समा भएको घोटाला बाहिरा ल्याएका छौँ ।”

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएकाका थप अनुसन्धान गरिने बताए । रासस

क्रिकेट विश्वकपः पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज | माघ १०, २०८०

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटि...

राष्ट्रिय क्रिकेट : मधेशलाई हराउँदै पुलिसले दर्ता गर्‍यो लगातार पाँचौं जित

इकागज | माघ १०, २०८०

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौं जित हात पारेको छ । ...

भिजिट भिसामा विदेश जान के-के चाहिन्छ ? आजदेखि लागू गरिएको नयाँ नियममा के छ ?

इकागज | माघ १०, २०८०

काठमाडौँ- भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागू भएको छ । गृह मन्त्रालय मातहतको अध्यागमन विभाग...