प्रमुख समाचार

३० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

इकागज | माघ ९, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने छ । बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो। 

आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। 

साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।

डिडिसीले गरेन साउनयता दूधको भुक्तानी : किसान भन्छन्- परिवार पाल्न धौधौ भयो

इकागज | माघ ९, २०८०

फिक्कल (इलाम)- इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल ग...

आजदेखि न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने, कहाँ गर्ने निःशुल्क पार्किङ ?

इकागज | माघ ९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भ...

अब सेवाग्राहीले राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन नपर्ने

इकागज | माघ ८, २०८०

काठमाडौँ- परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोम...

अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

इकागज | माघ ८, २०८०

म्याग्दी- भारतको अयोध्यामा निर्माण भएको राम मन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थललाई धार्मिक पर्यटकी...