प्रमुख समाचार

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज | माघ ११, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज ५ पैसाले घटेको छ । जसअनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ । 

यसअघि बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

यसैगरी आज ४१ पैसाले बढेको छ । बिहीबार युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा कायम गरिएको छ ।

बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६९ रूपैयाँ १४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ८ रूपैयाँ कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५३ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ६२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी बिहीबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ । 

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

आजदेखि स्वस्थानी व्रतकथा, बिछोड भएका जोडीको पनि पुनर्मिलन हुने विश्वास

इकागज | माघ ११, २०८०

काठमाडौँ- आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिप...

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा

इकागज | माघ १०, २०८०

स्याङ्जा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत ...

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल अख्तियारको नियन्त्रणमा

इकागज | माघ १०, २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र...