प्रमुख समाचार

दाङमा रड प्रहार गरेर श्रीमतीको हत्या

इकागज | माघ ७, २०८०

दाङ - तुलसीपुर उपमहागनरपालिका–४ तल्लो  हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् । 

स्थानीय मीना थापा र शिला चौधरीले रड प्रहारबाट घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए । 

सेनाको भरतपुरको ७० मध्ये १९ बिघा जग्गा विमानस्थललाई दिइनेछ : कार्यवाहक प्रधानमन्त्री

इकागज | माघ ६, २०८०

भरतपुर- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण ...

राष्ट्रिय सभा निर्वाचन : प्रचार-प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

इकागज | माघ ६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले गठन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार-प्रसारका...

देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : मन्त्री महत

इकागज | माघ ६, २०८०

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेक...

प्रधानमन्त्री दाहाल र श्रीलंकाली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

इकागज | माघ ६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भ...