प्रमुख समाचार

अमेरिकी डलरमा सामान्य गिरावट, कुन मुद्राको कतिमा हुँदैछ कारोबार ?

इकागज | माघ ५, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने युरो बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ । 

अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ ।

यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो । 

यसैगरी आज १७ पैसाले बढेर युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा कायम गरिएको छ ।

बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रूपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ १३ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय महिलालाई बागडोग्रा पुर्‍याएर १० हजारमा बेच्ने वीरबहादुर तामाङ ३३ वर्षपछि पक्राउ

इकागज | माघ ४, २०८०

काठमाडौँ- ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्‍याएर भारतीय महिलालाई बेचबिखन गरेको ...

टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई समितिको निर्देशन

इकागज | माघ ४, २०८०

काठमाडौँ- संसदीय समितिले टेरामक्स र एमडिएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।...