ऊर्जा

ललितपुरको कहाँ-कहाँ जाँदै छ आज ६ घण्टा बिजुली ?

इकागज |
माघ ५, २०८० शुक्रबार ७:५० बजे

काठमाडौँ- आज ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । 


लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीलगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।


Author

थप समाचार
x