प्रमुख समाचार

नेपालले खेल्ने यू-१९ एसिया कप डिसेम्बरमा

इकागज | पुस २७, २०८०

काठमाडौँ- यस वर्षको एसीसी यू-१९ एसिया कप आगामी डिसेम्बर महिनामा हुने भएको छ । एसीसीले बिहीबार सार्वजनिक गरेको वार्षिक तालिका अनुसार पुरुषको यू-१९ एसिया कप डिसेम्बरमा हुने भएको हो ।

यस वर्षको यू-१९ एसिया कपमा पनि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, नेपाल, जापान र युनाइटेड अरब इमिरेट्स (यूएई) को सहभागिता रहनेछ । यू-१९ एसिया कप ५० ओभरको हुनेछ ।

यता नेपालको सिनियर टिमले खेल्ने एसीसी प्रिमियर कप भने ओमानमा हुने भएको छ । एसीसी एसिया कपको छनोटको रुपमा समेत रहेको प्रिमियर कप ओमानमा अप्रिल १० देखि २३ तारिखसम्म आयोजना हुने भएको छ ।

प्रिमियर कपमा नेपाल, यूएई,ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार तथा एसीसी च्यालेन्ज कपबाट छनोट हुने दुई टिमको सहभगिता रहने तालिका रहेको छ ।

अर्कोतर्फ नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले फेब्रुअरी १० देखि १८ तारिखसम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागिता जनाउने भएको छ ।

महिला प्रिमियर कपमा भने नेपालसँगै थाइल्यान्ड, यूएई, इन्डोनेसिया, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सको सहभागिता रहनेछ ।

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

इकागज | पुस २७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान ...

राष्ट्रनिर्माताको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ : पूर्वराजा शाह

इकागज | पुस २७, २०८०

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्यधारणालाई अनुशरण गरेर त्यसको ...

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

इकागज | पुस २७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक र...

आज पृथ्वी जयन्ती

इकागज | पुस २७, २०८०

काठमाडौँ- आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशभर व...

कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन सकेन : अध्यक्ष तिमिल्सिना

इकागज | पुस २६, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपा...