प्रमुख समाचार

नारायणगढ-मुग्लिङ सडक खण्ड

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न म्याद थप

इकागज | पुस २६, २०८०

काठमाडौँ- चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ ।

उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो । गत वर्षदेखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बीचमा रोकिएको थियो । उक्त स्थानमा पुष ७ गतेदेखि १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गरेर काम भई रहको थियो ।

उक्त स्थानमा २१ दिनमा १५ मिटर पहाड काट्न सफल भएको र पहाड काट्न अझ ३० दिन यातायात बन्द गरी काम गर्न म्याद थपको जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डका प्रमुख इन्जिनियर केदारप्रसाद खनालले बताए ।

करिब ६० मिटर पहाड मध्य हाल सम्म ३५ मिटर पहाड काट्ने काम भएको र अझ २० मिटर पहाड काट्न बाँकी रहेको उनले बताए । नारायण-मुग्लिङ सडक खण्डमा पहाड काट्ने कामको राम्रो प्रगति देखिएको कारण पहाड काट्नका लागि माघ २० गतेसम्मको समय दिइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

उक्त पहाडमा कडा चट्टान भएको कारण कटान गर्न कठिन भएको छ । उक्त पहाड काट्न ३८ टन र २२ टनको ३ वटा हाइपावर रक ब्रेकर प्रयोग गरेर चट्टान काट्ने काम भई रहेको छ । उक्त सडक खण्डको १५ वटा पुल मध्य पहाड काट्ने काम नसकिएको कारण तुइन खोलामा पुलको काम सुरु हुन सकेको छैन । 

कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला हुन सकेन : अध्यक्ष तिमिल्सिना

इकागज | पुस २६, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपियन युनियनले नेपा...

मन्त्री ज्वालाको विश्वास : नारायणगढ-बुटवल सडक १५ महिनाभित्र सम्पन्न हुन्छ

इकागज | पुस २६, २०८०

 काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक खण्ड आगामी १५ मह...

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की

इकागज | पुस २६, २०८०

विराटनगर - मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने ब...

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस २६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले ...

बर्दियामा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु

इकागज | पुस २६, २०८०

बर्दिया - बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राज...