प्रमुख समाचार

राप्ती बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

इकागज | पुस २८, २०८०

बाँके- नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनकारी दिए । 

मृत्यु हुनेहरूमा नेपालगञ्जकी ६० वर्षे कुसुम बस्नेत, हेटौंडाका ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन् । अझै ८ मृतकको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए । घाइते २३ जनालाई भालुवाङ र लमही अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरूलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । 

२००४ सालदेखि नै नेपालको परिवर्तनमा महिलाको असाधारण योगदान छ : ओली

इकागज | पुस २७, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उ...

पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्छ : रवि लामिछाने

इकागज | पुस २७, २०८०

काठमाडौँ- ​रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि र...

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै, जिल्लावासीलाई नुनको अभाव

इकागज | पुस २७, २०८०

बाजुरा - कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलप...

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक हो : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस २७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकु...