Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रमुख समाचार

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

इकागज | पुस ४, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ ।

प्रशासन कार्यालयले आज बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखेको हो । गत महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेमा समय सकिएपछि प्रशासनले दुई महिना थप गरेको हो ।

यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ । सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

सांसद पन्तको प्रश्न : नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम् गोलीगट्ठा र बारुद उत्पादन ...

'सार्वजनिक कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको हामी कल्पनासमेत गर्न सक्दैनौँ'

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पाल्पा जिल्ला सम्मेलनको उद्घाटन सत्रका विषयमा सामाजिक सञ्जाल र केही सञ्चार...

दिनभर जनताका काम, साँझ-बिहान आफ्नै ड्रागन खेतीमा रमाइरहेका वडा सदस्य लिम्बू

इकागज | पुस ४, २०८०

फिक्कल (इलाम)- इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छै...

विपन्‍न नागरिकले औषधि उपचारमा आर्थिक सहायता कसरी लिने ? (हेर्नुहोस् निर्देशिका)

इकागज | पुस ४, २०८०

काठमाडौँ- विपन्न नागरिकले विभिन्न स्वास्थ्य उपचारमा सरकारबाट आर्थिक सहायता पाउँछन् ।  सरकारले वि...