दल

सर्लाही घटनाको सत्य–तथ्य जाँच गर्न कांग्रेसको माग

इकागज |
पुस २१, २०८० शनिबार १२:३७ बजे

काठमाडौँ– सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनाको सत्य तथ्य जाँच गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न कांग्रेसले सरकारलाई आग्रह गरेको हो । 


‘सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागेर स्थानीय युवा जयशंकर साहको मृत्यु भएको, केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न परिस्थितिको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।'

विज्ञप्तिमा अगाडि भनिएको छ, 'घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’


 


Author

थप समाचार
x