प्रमुख समाचार

थुनिएको किम्रोङ खोला बग्‍न थाल्यो, ठूलो ताल बनेकाले सर्तकता अपनाउन आग्रह

इकागज | असोज २१, २०८०

पर्वत- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । 

गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो । 

आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेका छन् । 

खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए । 

प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए ।

“केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताए । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो । रासस

परराष्ट्र मन्त्रालयले इजरायल आक्रमणबारे सदनलाई जानकारी गरायो, केही नेपाली हताहत भएको आशंका

इकागज | असोज २१, २०८०

काठमाडौँ– परराष्ट्र मन्त्रालयले इजरायल आक्रमणबारे सदनलाई जानकारी गराएको छ । आइतबारको प्रतिनि...

तुइनबाट तर्दातर्दै डोरी चुँडिएर कर्णाली नदीमा नेपाली बेपत्ता

इकागज | असोज २१, २०८०

सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने ...

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

इकागज | असोज २१, २०८०

काठमाडौँ- नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन...