प्रमुख समाचार

इजरायलमा मृत्यु भएका ७ जनाका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाखका दरले दिने

इकागज | असोज २२, २०८०

कैलाली- इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ । 

सोमबार एक बिज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुईरदुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । 

इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको  थियो ती मध्ये ७ जना सुदूरपश्चिमका छन् ।

परराष्ट्रमन्त्री साउद नेतृत्वको बैठक : इजरायलबाट शव ल्याउने जहाज तयारी अवस्थामा राख्ने निर्णय

इकागज | असोज २२, २०८०

काठमाडौँ- सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज...

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‌को विशेष बैठक, सर्वदलीय बैठक पनि बस्दै

इकागज | असोज २२, २०८०

काठमाडौँ- इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वद...

इजरायलबाट घाइतेको उद्दार र मृतकको शव ल्याउने कार्य तत्काल गरियोस् : ओली

इकागज | असोज २२, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घा...

कुन देशसँग कति छ सुन ?

इकागज | असोज २२, २०८०

काठमाडौँ- कुनै समय भारतलाई सुनको चरा भनिन्थ्यो । झन्डै १९ वटा शताब्दीसम्म सबैभन्दा बढी सुन भारतमा रहेको...