Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

नौबिसे–मलेखु सडक राति ११ बजेबाट बन्द हुने

इकागज | असोज १, २०८०

मलेखु (धादिङ)- पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।    
    
असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।    
    
सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।    
    
निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए । उनले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

 

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले किन ताेड्याे ३८ दिनदेखिकाे अनसन ?

इकागज | असोज १, २०८०

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतिघर मण्डला...

उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छ : ओली

इकागज | असोज १, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रूपमा स...

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय...

अमेरिका पुगेर प्रधानमन्त्री प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्छौँ

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था ग...