प्रमुख समाचार

'जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काम्यो कि कामेन'

इकागज | असोज १८, २०८०

काठमाडौँ - राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेका छिन् । 

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले यस्तो प्रश्न गरेकी हुन् । उनले राष्ट्रपति मन्त्रिपरिषदको औठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् । उनले मन्त्रिपरिषदको औँठाछापका रुपमा राष्ट्रपति कार्यालय लिने भए राष्ट्रपति कार्यालय आवश्यक नभएको बताइन् । उनले  २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारालाई नेपाल सरकारले आम माफी दिनु गलत भएको दाबी गरिन् । उनले २० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मानन्धरको हत्यारालाई के आधारमा सरकारले आममाफी दियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् । सदस्य पौडेलले नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध भएको भन्दै अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषदले कुन आधारमा आममाफी दिन सिफारिस ग¥यो संदनमा आएर गृहमन्त्रीले जवाफ दिन माग गरिन् ।

उनले भनिन्, ‘२० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन पारेर चेतन मानन्धरको हत्यारालाई नेपाल सरकारले आम माफी दिन्छ । वयोवृद्ध,मृदुभाषी सम्मानित नेता राष्ट्रपति ज्युको कर कमलले त्यसमा हस्ताक्षर हुन्छ । कसरी मिठो बोलौं । कसरी राम्रो बोल्यौं । गृह मन्त्रीलाई मेरा प्रश्नहरू छन् । नियन्त्रणमा लिएर हत्या गर्नु जघन्य अपराध हो । यो कुरा हामी सबैलाई थाहा छ । यस्तो अपराध गर्ने हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषदले कुन आधारमा सिफारिस ग¥यो । आममाफीको आधार के हो ? केके भयो भने आममाफी दिन पाइन्छ । त्यसको जवाफ गृहमन्त्रीले संसदमा उभिएर दिनुपर्छ । हत्यारा छुट्नको लागि कुनै दलको नेता हुनुपर्छ । कि गृहमन्त्रीको आफन्त हुनुपर्छ ? की राष्ट्रपतिको ज्वाईंचेला हुनुपर्छ ? के आधारमा छुट्ने त्यसको जवाफ चाहिन्छ । आममाफी लिने निर्णय गर्दा पीडितहरुसँग संवाद हुन्छकी हुँदैन । पीडितको चिन्ता बुझाउनुपर्छ की पदैन । पीडितको अनुमति बेगर दिउँसै हत्या गरेको मान्छेलाई छाड्न मिल्छ ? मिल्छ भने त्यो कानुन संसदमा लिएर आउनुस् हामी सच्याउँछौँ । यदि कानुनले दिएको छैन । कानुनले पीडितहरुसँग संवाद गर्नु पर्दैन भन्छ भने हामी कानून संशोधन गर्छौं । कानुन र संविधानलाई टेकेर जे पायो त्यही गर्नको लागि यो छुट गृह वा प्रधानमन्त्री कसैलाई पनि छैन । प्रधानमन्त्री र गृहमन्त्री हत्याहिंसाकै व्याक राउण्डबाट सशस्त्र द्वन्द्वबाट आउनुभएको हो । हत्या भए पनि मिलाउन सक्नु हुन्छ होला । राष्ट्रपतिले कसरी सक्नुभयो । यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपति ज्युको हात काम्योकी कामेन? मेरो प्रश्न राष्ट्रपतिलाई । राष्ट्रपति संविधानको संरक्षक हो । मन्त्रिपरिषदको औँठाछाप होइन ।  मन्त्रिपरिषदको औँठाछाप भन्छौ भने राष्ट्रपति कार्यालय हामीलाई किन चाहियो । नागरिकको तर्फबाट मेरो प्रश्न ?।’

उनले हत्यारा छुट्नको लागि कुनै दलको नेता, गृहमन्त्रीको आफन्त वा राष्ट्रपतिको ज्वाईंचेला हुनुपर्ने हो ? भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले आममाफी लिने निर्णय गर्दा पीडितको अनुमति बेगर मान्छेलाई छाड्न नमिल्ने बताइन् । उनले कानुन र संविधानले दिने भन्ने भए संसदमा कानुन ल्याए संशोधन गर्न तयार रहेको बताइन् । कानुन र संविधानलाई टेकेर मनपरी गर्नको लागि गृह वा प्रधानमन्त्री कसैलाई पनि छुट नभएको बताइन् । 

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : मिनेन्द्र रिजाल

इकागज | असोज १८, २०८०

ताप्लेजुङ- नेपाली कांग्रेसका नेता  डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भू...

आजदेखि विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्‌ने

इकागज | असोज १८, २०८०

काठमाडौं- विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुँदैछ ।  आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बि...

राष्ट्रिय एकता मजबुत बनाउन सामाजिक एकता कायम गरौँ : गृहमन्त्री श्रेष्ठ

इकागज | असोज १८, २०८०

महोत्तरी- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्र...