प्रमुख समाचार

यस्तो हुनेछ आजको मौसम

इकागज | असोज १०, २०८०

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

चिकित्सक संघले भोलि आन्दोलनबारे आवश्यक निर्णय गर्ने

इकागज | असोज ९, २०८०

काठमाडौँ - सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पह...

शहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा

इकागज | असोज ९, २०८०

काठमाडौँ- शहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग/कार्यालय/आयोजनामा कार्यरत प्राविधि...

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन : मेयर साह

इकागज | असोज ९, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण...

शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का

इकागज | असोज ९, २०८०

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरका...

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

इकागज | असोज ९, २०८०

काभ्रेपलाञ्चोक - अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार ल...

लुम्बिनीमा माधव नेपाल

इकागज | असोज ९, २०८०

बुटवल- पूर्व प्रधानमन्त्री एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिन...