प्रमुख समाचार

विभिन्न काण्डहरू चलाएर देशको विकास हुन सक्दैन : केपी ओली

इकागज | असोज ६, २०८०

भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरू चलाएर देशको विकास हुन नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्र राज गिरी स्पाइनल नत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरू चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताएका हुन् ।

उनले देशलाई सफल बनाउन नातागोता परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्नसक्नुपर्ने जिकिर गरे ।

अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गर्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरू पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे ।​

उनले मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै परिवर्तनका लागि नागरिकहरू नै अग्रसर हुनुपर्ने बताए ।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

इकागज | असोज ६, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्व...

सभामुखले सम्झाए आइरिस राष्ट्रपतिलाई उनको नेपालीमा अनुवादित कविता संग्रह

इकागज | असोज ६, २०८०

डब्लिन- सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् । ...

एसियन गेम्सः टेबल टेनिसको टिम इभेन्ट्समा भारतसँग पनि हार्‍यो नेपाल

इकागज | असोज ६, २०८०

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिला टिम इभेन्ट्समा नेपालले भारत...

जनताको जीवनस्तर उकास्नु र उत्पादन बढाउनु पहिलो दायित्व : सांसद थापा

इकागज | असोज ६, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले आमनागरिकका समस्या र जनजीविकासँग जोडिए...