Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर

इकागज | भदौ ३१, २०८०

काठमाडौँ- असोज महिनाको लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

वाणिज्य बैंकहरूले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरूले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरूको ब्याजदर बढेको छ ।  

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरूले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् । 

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्धती निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ ।

यता ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ । 

डाक्टरको नारा : 'समृद्धिको आशै छैन सुरक्षा त देऊ, होइन भने सेतो कोट र स्टेथेस्कोप तिमी नै लिऊ'

अनुज बज्राचार्य | भदौ ३१, २०८०

काठमाडौँ- आज देशैभरका स्वास्थ्य संस्था बन्द भएका छन् । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भए...

बागमती प्रदेश सभा : विशेष समय मात्रै सञ्‍चालन, चार विधेयक समितिमा पठाउन स्वीकृत

इकागज | भदौ ३१, २०८०

मकवानपुर- बागमती प्रदेश सभाको शनिबारको बैठक विशेष समयमात्रै बसेको छ । सभामुख भुवनकुमार पाठकले सभाको...

आज दर खाने दिन

इकागज | भदौ ३१, २०८०

काठमाडौं- आज दर खाने दिन ।  नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा ...