प्रमुख समाचार

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

इकागज | असोज ५, २०८०

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ।    
    
काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको छ । एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।    
    
अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताए । उनले भने “मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ। यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौँ । तर बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो ।”    
    
यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ ।  

१२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

रमेश लम्साल | असोज ५, २०८०

काठमाडौँ- सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको ल...

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री प्रचण्ड

इकागज | असोज ५, २०८०

न्यूयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्...

आज प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन जाने, ७ दिने भ्रमणमा को कसलाई भेट्‌दैछन् ?

इकागज | असोज ५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट आज चीन भ्रमणमा जाने भएका छन् । चीनका ...

सर्लाही सदरमुकाम मलङ्गवामा गएरातिदेखि अनिश्चितकालिन कर्फ्यू

इकागज | असोज ५, २०८०

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । ...

सरकार र शिक्षकबीच वार्ता हुँदै : हिजोको छलफल सकरात्मक, आजै सहमति हुनसक्ने

इकागज | असोज ५, २०८०

काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि ...