फुटबल

१९ औं एसियाड : आज नेपाल र भियतनाम भिड्‌दै

इकागज |
असोज ५, २०८० शुक्रबार ८:४३ बजे

काठमाडौँ- आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।


उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको हो ।

नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।

नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


Author

थप समाचार
x