प्रमुख समाचार

प्रतिनिधि सभा बैठक बस्दै

इकागज | असोज २२, २०८०

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा दिउँसो ३:३० बजे बैठक बस्दैछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयेक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

साथै सभामुख देवराज घिमिरेले बिधुत बिधयेक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने संसद सचिवालयले जनाएको छ । 
 

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

इकागज | असोज २१, २०८०

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासला...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ५० हजार ५०० प्रहरी परिचालन

इकागज | असोज २१, २०८०

काठमाडौँ - नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेक...