Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

‘खेल्छ गण्डकी’ कार्यक्रम : महिला भलिबल खेलाडी उत्पादनमा केन्द्रीत

इकागज | जेठ ३, २०८०

गण्डकी - गण्डकी प्रदेश खेलकुद परिषद्ले अगाडि बढाएको ‘खेल्छ गण्डकी’ कार्यक्रमबाट प्रदेशमा महिला भलिबल खेलको विकासमा सहयोग पुग्ने भएको छ ।    
    
परिषद्को आज बसेको बैठकले सो कार्यक्रममार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निर्णय गरेको हो । परिषद्का सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषद्का सदस्य तथा कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै ‘खेल्छ गण्डकी’ कार्यक्रम महिला खेलाडी उत्पादनमा केन्द्रित गर्ने बताए ।    
    
नेपालको राष्ट्रिय खेल भलिबल पछिल्लो समय प्रदेशमै कमजोर बन्दै गएकाले सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले ‘खेल्छ गण्डकी’ मार्फत पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए । आव २०७९/८० का लागि विनियोजित रकमको रु ३० लाखमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषद्ले निर्णय गरेको छ ।    
    
कार्यक्रममार्फत हालै एसइई दिएर बसेका विद्यार्थीलाई ‘ट्यालेन्ट हन्ट’का माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवासीय सुविधासहितको प्रशिक्षण दिइनेछ । ती ४० जनाबाट १२ जना छनोट गरी उनीहरूलाई पोखरामा नै राखेर छात्रवृत्तिस्वरुप ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि परिषद्ले समन्वय गर्ने भएको छ । यसका लागि उच्च मावि शिक्षा परिषद् गण्डकी, निजी विद्यालय, निजी क्षेत्र, भलिबल सङ्घ, शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने जनाइएको छ ।    
    
 कार्यक्रम प्रदेशकै खेलकुद विकासमा महत्वपूर्ण हुने बताउँदै सदस्य सचिव शर्माले यसको प्राथमिकता खेलाडी उत्पादनमा नै रहेको र महिला भलिबलसँगै अन्य खेललाई पनि यस प्रकारका परियोजना अघि बढाउने बताए । १०औँ राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने उनले बताए । बैठकले आव २०८०/८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आव २०७९/८० को बाँकी कार्यक्रम चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।    

तीन महिनादेखि सहकारी र डिपार्टमेन्ट स्टोर नखुल्दा बचतकर्ताहरू मारमा

इकागज | जेठ ३, २०८०

सुर्खेत । तीन महिनाअघि आर्थिक मन्दी र सुरक्षाको कारण देखाई बन्द भएको शिव शिखर सहकारी संस्था अझै खुलेको ...

तरकारी खेती गर्ने गाउँकै एक्ला किसान आलिफ, जसले भारतीय तरकारी विस्थापित गराए

इकागज | जेठ ३, २०८०

जानकी । बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर थिए । भारतबाट तरकारी नआउँदा...

शैक्षिक प्रचारका सामग्रीले फोहोर बन्याे विराटनगर

विराटनगर । विभिन्न कन्सल्टेन्सी र निजी शैक्षिक संस्थाहरूले परीक्षाको मौका छोपेर सामुदायिक र संस्थागत विद्य...

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

इकागज | जेठ ३, २०८०

काठमाडौँ- यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साध...

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न अष्ट्रेलियाली सहायक विदेश मन्त्री बालुवाटारमा

इकागज | जेठ ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम ...

काठमाडौँ महानगरको निर्देशनः ३५ दिन भित्रमा निर्माण गरिएका भवनको नक्सा पास गर्नू

इकागज | जेठ ३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मापदण्ड अनुरूप बनाइएका सार्वजनिक,सरकारी, अर्ध सरकारी, वित्तिय ...

उमेश गिरीले मदनको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिए, मैले मानिन भनेका छन्, अब खोजिन्छ : ओली

इकागज | जेठ ३, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिन...

तिब्बतियनलाई भेट्‌न अमेरिकी सक्रियता बढ्‌यो, परिचयपत्र बनाउन गृहमन्त्रीलाई दवाब दिए : पूर्वप्रधानमन्त्री खनाल

इकागज | जेठ ३, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालप्रति वैदेशिक ...