Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

संसदीय समितिहरूको बैठक बस्यो, ज्येष्ठ सदस्यले गरे बैठकको अध्यक्षता

इकागज | जेठ २, २०८०

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरूको बैठक बसेको छ । समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो । सबै समितिहरूको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरूले गरेका छन् ।

सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् । पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले गरेका छन् ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहेका छन् ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली काँग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन् ।

राप्रपाको केन्द्रीय समिति बैठक सुरु, केन्द्रीय सदस्यहरूले धारणा राख्दै

इकागज | जेठ २, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।​ सोमबारबाट सुर...

अझै हटेन टेको

इकागज | जेठ २, २०८०

ललितपुर- पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छ...

राजेन्द्र लिङ्देनले भने : प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौँ

इकागज | जेठ १, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण...