दल

संघीयता जोखिममा पर्ने अवस्था देखियो : अध्यक्ष नेपाल

इकागज |
जेठ १, २०८० सोमबार १८:२४ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको जिकिर गरे ।

नेपालले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता देखिएको औंल्याए । उनले कम्युनिष्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनले विकासलाई अघि बढाइरहे पनि चाहे अनुसारको विकास हुन नसकेको भनाइ राखे ।


अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए । उनले नेपाली समाज अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको पनि उल्लेख गरे ।


Author

थप समाचार
x