Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

आज कोशी र मधेश प्रदेशमा हावाहुरी चल्ने

इकागज | जेठ ६, २०८०

काठमाडौं -  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहेको छ। 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन : योगेश भट्टराई

इकागज | जेठ ५, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ...

ती दिन: बिहान उज्यालो नहुँदै र राति अबेरसम्म ढिकी जाँतो पिस्नुपर्थ्यो

इकागज | जेठ ५, २०८०

गल्याङ- गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रो...

भैरहवामा  साहुहरूको अत्याचार, सम्पत्ति छानबिन गर्न पीडितको आयोगसँग माग

इकागज | जेठ ५, २०८०

भैरहवा- मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरूले आयोगसँग माग गरेका छन् । मिटरब्या...