Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

सभामुखले संसद्लाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित

इकागज | जेठ १, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन् ।​ आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद् सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारीपछि सभामुख घिमिरले उनी पक्राउ परेका संसद्लाई जानकारी गराएका हुन् । 

 नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सूचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद् सचिवालयमा आएको छ । अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ,’ उनले भनेका थिए ।

सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएपछि पनि उनी ११ दिनदेखि फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । 

सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति सुमना श्रेष्ठले जनाइन् आपत्ति

इकागज | जेठ १, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने...

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : माधवकुमार नेपाल

इकागज | जेठ १, २०८०

पर्सा- एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्र द्रोह भएको ...

यार्सा टिप्‍न लेकतिर विद्यार्थी उक्लिन थालेपछि साइपालका विद्यालय असारसम्म विदा

इकागज | जेठ १, २०८०

कैलाली- बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि असारसम्मका लागि बन्द भएको छ । अभिभावकसँगै विद्...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

इकागज | जेठ १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता ...

एमालेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभयो : महेश बस्नेत

इकागज | जेठ १, २०८०

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै पार्टीका सचिव टोपब...