प्रमुख समाचार

यसरी मनाइयाे टुँडिखेलमा सेना दिवस (फाेटाेफिचर)

इकागज | फागुन ६, २०७९

काठमाडौं– महाशिवरात्रि तथा २६०औँ सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की , सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थहरुको सहभागीता रहेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।

समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो भने कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो  ।

राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र नेपाली सेनाको इतिहास पुस्तकको विमोचन गरिन् । उनले ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी जगनाथ दनाई र दोस्रो हुने सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गरिन् । त्यस्तै राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गरिन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रुपमा लिने गरिन्छ । 

लिग-२: तेस्रो खेल जित्न नेपाललाई नामिबियाविरुद्ध २७५ रन आवश्यक

इकागज | फागुन ६, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ...

पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर कार्यक्रम गरेपछि दुर्गा प्रसाईंलाई एमालेले गर्‍यो कारबाही सिफारिस

इकागज | फागुन ६, २०७९

झापा- नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्र...

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

इकागज | फागुन ६, २०७९

काठमाडौँ- ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त ...

पशुपतिनाथमा बिशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय शुल्क लाग्‍ने

इकागज | फागुन ६, २०७९

काठमाडौँ- पशुपतिनाथको बिशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ । पशुपति विकास क्षेत्र कोष, सञ्चालक ...