प्रमुख समाचार

रघुजी पन्तले भने : राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति होइन

इकागज | माघ २९, २०७९

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सवारी हुँदा भएको जामको दोषी राष्ट्रपति नभएको बताएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘राष्ट्रपतिले संसद्‍मा संबाेधन गरेर फर्कनुभयो,’ उनले भने, ‘त्यसपछिको जामको विषयलाई लिएर सरकार, हामी सांसद र राष्ट्रपतिप्रति नै नकारात्मक टिप्पणीहरू भइरहेका छन् । दोष राष्ट्रपतिको होइन ।’

यसअघि पनि राष्ट्रपतिले यस्ता समस्या भएर सवारीको प्रक्रिया सरल बनाउ माग गरेको उनले बताए । ‘यो भन्दा अगाडि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको पालामा पनि पटक-पटक आलोचना भएर उहाँले मेरो विभिन्न कार्यक्रममा जाँदाको प्रक्रिया सरल बनाइयोस् भन्नुभयो,’ उनले भने, ‘अहिलेको राष्ट्रपतिको पनि यो भन्दा अगाडि टिप्पणी भयो । उहाँले पनि यसलाई सरल बनाइयोस् भन्नुभएको छ ।’  

सुरक्षा संयन्त्रको जिम्मा सरकारको भएकाले यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘तर अस्ति म आफैँ पनि १ घण्टा जाममा परेँ,’ उनले भने, ‘एम्बुलेन्स् पनि जाममा पर्‍यो । सरकारले सवारी चलाउने माध्यमलाई लोकतन्त्र अनुकूल खुकुलो र सुरक्षाका दृष्टिले पनि उपयुक्त बनाउने बारेमा पटक-पटक चर्चा चल्दा आवाज उठ्दा पनि सरकारले ध्यान दिएको छैन ।’

​सरकारले उपयुक्त पाइला नचालेर राष्ट्रपति जस्तो गरिमामय संस्थाले चै यसमा आलोचना भोग्नुपर्ने स्थिति आउनु नहुने बताए । ‘मेरो सवारी कसरी चालउने भन्न विषयमा राष्ट्रपतिको भूमिका हुँदैन,’ उनले भने, ‘त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको सुरक्षा संयन्त्रले गर्छ ।’

प्रदेश सभा नियमावली मस्यौदा समितिको संयोजकमा लिलाबल्लभ अधिकारी

इकागज | माघ २९, २०७९

विराटनगर- प्रदेश १ को प्रदेश सभाको नियमावली मस्यौदा समितिको संयोजकमा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी...

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौं : पूर्वप्रधानमन्त्री नेपाल

इकागज | माघ २९, २०७९

अत्तरिया- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवा...

सबै नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्प डेस्क’ राख्‍ने सरकारको निर्णय

इकागज | माघ २९, २०७९

काठमाडौँ- नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडे...

गर्भपतनका कारण बढ्दै लैङ्गिक असन्तुलन, छोरीभन्दा छोराको सङ्ख्या बढी

इकागज | माघ २९, २०७९

काठमाडौँ - नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थाले...

खेलकुदको विकासका लागि स्थानीय सरकारले ५ वर्षे योजना बनाउन जरुरी : महामन्त्री थापा

इकागज | माघ २८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्...