प्रमुख समाचार

८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

इकागज | माघ २८, २०७९

सोलुखुम्बु- सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो । 

सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दूधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ । 

परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए । विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो । 

सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो । त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो । 

आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ्रे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो । कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ । 

केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकको भनाइ छ । यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सोलुखोलामा अझै एक सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणको क्रममा छन् । रासस

सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रम

इकागज | माघ २८, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको स...

मन्त्रालय छनोटमा असन्तुष्ट भएपछि लुम्बिनीका मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

इकागज | माघ २८, २०७९

देउखुरी - लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएका छन् । मन्त्रालय छन...

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलायाे : उपमहासचिव गुरुङ

इकागज | माघ २८, २०७९

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कां...

राष्ट्रपति पदका लागि राजनीतिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल

इकागज | माघ २८, २०७९

मोरङ- नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा ...

राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा प्रकाशमान सिंहको आशंका

इकागज | माघ २८, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशं...

रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने- रिहा गर्न पहल गर्छु

इकागज | माघ २८, २०७९

कैलाली - मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारा...