प्रमुख समाचार

नेपालमा अमेरिकाले गर्दै आएको सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

इकागज | माघ २६, २०७९

काठमाडौँ- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ आएकी उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताइन् । उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गरिन् ।

उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्‍नसमेत आग्रह गरिन् । उनले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताइन् । उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन् ।

‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ । नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला' पावरले भनिन् 'हामी साथमा काम गर्नेर्छौं । अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो ।’

प्रमुख पावरले सञ्चारकर्मीहरूले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गर्ने 'प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिवद्धताहरूलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको बताइन् । उनले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् ।

हार्नेहरूले हो आत्मसमर्पण गर्ने, योद्धाहरू सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् : रन्जिता श्रेष्ठ

इकागज | माघ २६, २०७९

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफूहरूले आत्मसमर्पण नगर्ने बताएकी छन् । आफ्ना प...

माओवादीले पूर्णता दिएको केन्द्रीय कमिटीमा को-को छन् ? (सूचीसहित)

इकागज | माघ २६, २०७९

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय स...

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता

सुभाष कर्ण | माघ २५, २०७९

जनकपुरधाम- जनकपुरधामस्थित जानकी मन्दिरले भारतकाे अयोध्यास्थित राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टला...

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव

इकागज | माघ २५, २०७९

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भ...

अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटघाट

इकागज | माघ २५, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावर र उप...