प्रमुख समाचार

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

इकागज | माघ २०, २०७९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् । 

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । 

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने

इकागज | माघ २०, २०७९

काठमाडौँ- नावालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोल...

युट्युब हेरेरै उद्यमी बनेका भुवन बेरोजगार युवाका लागि प्रेरणाका स्रोत

इकागज | माघ १९, २०७९

बझाङ- सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलत रूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुर...