प्रमुख समाचार

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन

इकागज | माघ २१, २०७९

काठमाडौँ- बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध प्रदर्शन भएको हो । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै  लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रबारबाट नियमित अभ्यासमा छन् ।

बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । गत मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।

प्रदर्शनमा 'अभियुक्त रमाउँदै, पीडित डराउँदै', 'मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन', 'उता फिक्सिङगराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद', 'खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?' 'क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरूको जमानी' लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

रास्वपालाई गृह मन्त्रालय दिने/नदिनेबारे माओवादीले निर्णय लिँदै

इकागज | माघ २१, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवाद...

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

इकागज | माघ २१, २०७९

काठमाडौँ-  जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको...

रास्वपाको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री प्रचण्ड ?

इकागज | माघ २१, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबा...