प्रमुख समाचार

मस्यौदा समिति बैठक

संविधानमा भएको भन्दा बढी विशेषाधिकारको माग गरेपछि समिति बैठकमा सांसदहरूबीच भनाभन

इकागज | माघ २७, २०७९

काठमाडौँ- सांसदहरूले आफूहरू सांसद भएकाले संविधानको भन्दा बढी विशेषाधिकार चाहिने मानसिकतासहितको तर्क गर्न थालेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रबारको बैठकमा सदस्यहरूबीच नै भनाभनको स्थिति उत्पन्न भएको छ ।

सांसदहरू स्वयं नियममा बाँधिने विषयमा राखिने प्रावधानका सम्बन्धमा मत ऐक्यता नभएपछि सदस्यहरूबीच भनाभनको स्थिति उत्पन्न भएको हो । फौजदारी अभियोगमा पक्राउ परेर मुद्दाको अन्तिम किनारा नलागेसम्मका विभिन्न चरणमा सांसदको पद र सुविधा के कस्तो हुने भन्ने सम्बन्धमा गरिने व्यवस्थाका बारेमा समिति सदस्यहरूबीच मत भिन्नता देखिएको थियो ।

यसै क्रममा छलफलबाट प्राप्त निष्कर्ष सुनाउन लाग्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सचिवालयका कर्मचारीले छलफलमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे ।

यसअघि बैठकमा न्यायालयको निर्णयमा विश्वास नरहेको भन्दै सांसदलाई नियममा बाँध्ने विषयमा असहमति जनाउँदै आएको सांसद सिंहले त्यसको सम्पूर्ण रिस प्रवक्ता गिरी माथि खन्याउँदै 'तपाईं एमालेको कार्यकर्ता हो सुवासचन्द्र नेम्वाङसँग मात्रै खुसुखुसु गर्नुहुन्छ' भनेपछि बैठककक्षको वातावरण खलबलिएको थियो ।

सांसद अमरेशकुमार सिंहले समिति सदस्य एवं संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङलाई 'गिरिस चन्द्रलालको रिपोर्ट किन सार्वजनिक गर्नुभएन' भनी प्रश्न गरेपछि अर्का सदस्य महेश बर्तौलाले बैठकमा नियमापत्ति गरेका थिए ।

बैठकको बहस विषय वस्तुभन्दा बाहिर जान थालेपछि सभापति चित्रबहादुर केसीले विषयकेन्द्रित हुन निर्देशन दिनुपरेको थियो । 

ज्ञानेन्द्र शाही भन्छन् -  प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरूलाई निलम्बन गर्न हुँदैन

इकागज | माघ २७, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रहरीले प्रक्राउ गर्दैम...

सरकारका कामको समीक्षा, मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल

इकागज | माघ २७, २०७९

काठमाडौँ - सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल भएको छ...

रास्वपालाई सरकारमा सहभागी हुन  उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

इकागज | माघ २७, २०७९

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवा...

सुदूरपश्‍चिम सरकार ढलेपछि बास्कोटाको ट्‌वीट- अनावश्यक संरचनाले सधैँ तनावग्रस्त हुने भो

इकागज | माघ २७, २०७९

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजनीतिले निकास र विकास नदिने भन्दै खिच...

बाबुरामको निष्कर्ष : राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ, अस्थिरताको दुष्चक्रमा फस्दै नेपाल

इकागज | माघ २७, २०७९

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्‍ने बताए...