प्रमुख समाचार

भारतीय विदेश सचिव आउने भएपछि बिदाको दिन पनि परराष्ट्र मन्त्रालय खुल्‍ने

इकागज | फागुन १, २०७९

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय विदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो ।

‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन्’ परराष्ट्र मन्त्री विमला राईले सञ्चारकर्मीको प्रतिक्रियामा भनेकी छिन् । 

भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटवाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन् ।  

प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्तावमा सार्वजनिक बिदा : राप्रपा बैठकमै गएन, एमालेका मन्त्रीको असहमति

इकागज | फागुन १, २०७९

​काठमाडौं - ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो...

कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधलाई बाहिर ल्याउँछौं : अर्थमन्त्री पौडेल

इकागज | माघ २९, २०७९

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरूलाई ...

संसद्‍मा ज्ञानेन्द्र शाहीकाे प्रश्न : सरकारले मतपत्र छाप्न सक्छ तर किताब छाप्न किन सक्दैन ?

इकागज | माघ २९, २०७९

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि ...