प्रमुख समाचार

विश्वासको मत लिन सबै दल सकारात्मक रहेको दाबी

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन्- सरकार पाँचै वर्ष चल्छ, चुनावमा गए जनताले लखेट्छन्

इकागज | फागुन ८, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको क्रममा उनले प्रदेश सरकार निरन्तर पाँचै वर्ष चल्ने दाबी गरेका हुन् । 

मुख्यमन्त्री शाहले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भैरहेको बताउँदै विश्वासको मत लिने कुरामा सबैदल सकारात्मक रहेको बताए ।  अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचन नचाहेको बताउँदै मुख्यमन्त्री शाहले फेरि चुनावमा गए जनताले लखेट्ने बताए ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारूढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ ।

जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्ने

इकागज | फागुन ८, २०७९

दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय...

राष्ट्रपति पदमा कसिलो अडान : कांग्रेस भन्छ- हाम्रैबाट, एमाले भन्छ- आफ्नैबाट

इकागज | फागुन ७, २०७९

काठमाडाैँ- राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमाले र नेपाली कांग्रेसले सो पद आफ्नो पार्टीबाट ...